काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडल नगद लाभांश बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीको विभिन्न साधारण सभाहरूबाट पारित लाभांश लिन बाँकी सेयरधनीहरूलाई बुझिलिन कम्पनीले आग्रह गरेको हो ।
सम्बन्धित सेयरधनीहरूले काठमाडौंको नक्सालस्थित कम्पनीको सेयर रजिष्ट्रार सानिमा क्यापिटल लिमिटेडमा सम्पर्क गरी लाभांश बुझिलिन सक्नेछन् । हालसम्म पनि आफ्नो शेयर अभौतिकीकरण नगराएका सेयरधनीहरूले यथाशीघ्र गराई आफ्नो लाभांश प्राप्त गर्न समेत कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।
सेयरधनीहरुले अझैसम्म पनि हितग्राही खाता नखोलेका सेयरधनीहरूलाई खाता खोली बैंक खाता नम्बर अद्यावधिक गराई लाभांश बुझिलिन समेत कम्पनीले आग्रह गरेको छ ।
साथै, तोकिएको म्यादभित्र सेयरधनीहरूले लाभांश बुझि नलिएमा सम्बन्धित सेयरधनीको लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जानकारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्