Shikhar Insurance
National Life

बैंकले राहतको नाममा दिए १० अर्ब ब्याज छुट

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १४, शुक्रबार २०:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले राहतको नाममा १० अर्ब रूपैयाँभन्दा बढी छुट दिएको खुलेको छ । सरकारले सार्वजनिक गरेको तथ्यांकअनुसार ब्याज रकम र ब्याजदरमा गरी गत असारसम्म नै १० अर्बभन्दा बढीको ब्याज छुट दिएको पाइएको हो ।

आर्थिक सर्वेक्षणअनुसार कोभिड-१९ महामारीले उद्योग व्यवसायमा परेको असर न्यूनीकरण गर्न बैंक तथा वित्तीय संस्थाहरूले मासिक ब्याज रकममा आधार दर भन्दा कम नहुने गरी १० प्रतिशत र २०७६ चैत्र मसान्तमा कायम ब्याज दरमा २ प्रतिशत बिन्दुले कम हुने गरी छुट दिइएको थियो । यसबाट ऋणीहरूले २०७७ असारसम्ममा १० अर्ब २१ करोड ६६ लाख रूपैयाँ छुट सुविधा प्राप्त गरेको अर्थ मन्त्रालयको तथ्यांक छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्