Shikhar Insurance
National Life

निफ्राको समाजसेवाः ७ प्रदेशका १–१ अस्पताल/आइसोलेसनलाई ७–७ लाख सहयोग

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १४, शुक्रबार १९:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकबाट बैंकको संस्थागत सामाजिक उत्तरदायीत्व कोषबाट ४९ लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले कोरोना भाइरस महामारी रोकथाम, नियन्त्रण र उपचारमा संलग्न सात प्रदेशका अस्पताल/आइसोलेसन केन्द्रहरुलाई सहयोग स्वरुप ७–७ लाख रूपैयाँ सहयोग रकम प्रदान गरेको हो ।

मुलुकमा फैलिरहेको कोरोना भाइरस (दोस्रो लहर) को महामारी रोकथाम, नियन्त्रण र उपचारको कार्यमा खटिएका सातवटै प्रदेशका अस्पताल तथा आइसोलेसन केन्द्रहरुलाई सहयोग गरिएको बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सहयोग रकम प्रदेश १ मा दमक नगरपालिका, प्रदेश २ मा जनकपुर प्रादेशिक अस्पताल, बाग्मती प्रदेशमा पनौती नगरपालिका, गण्डकी प्रदेशमा गोरखा नगरपलिका, लुम्बिनी प्रदेशमा कपिलवस्तु नगरपालिका, कर्णाली प्रदेशमा विरेन्द्रनगर नगरपलिका र प्रदेश ७ मा महाकाली अस्पताल लाई प्रदान गरिएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्