काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बालुवाटार, काठमाडौं स्थित टेस्ला डायग्नोस्टिक क्लिनिक बीच विशेष छुट दिने सम्झौता भएको छ ।
सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले टेस्ला डायग्नोस्टिक क्लिनिकमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउने सम्बन्धि सम्झौता भएको हो । यस सम्झौतामार्फत बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । बैंकको देशैभरी १९३ वटा शाखा, १५६ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरु रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्