Shikhar Insurance
National Life

विप्रेषणबाट प्राप्त भएको रकम उत्पादनको क्षेत्रमा लगाऔं : सांसद दाहाल

सिंहदरबार संवाददाता
२०८१ असार १३, बिहीबार १५:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमालेकी सांसद तुलसाकुमारी दाहालले सरकारले वर्तमान अर्थतन्त्रमा आएको मन्दी र शिथिलतालाई समाधान गर्न गहिरो प्रतिवद्धता र योजना कार्यान्वयन गर्न आवश्यक रहेको बताएकी छिन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सरकार,सहकारी र निजी क्षेत्रको बीचमा सन्तुलन र समन्वय हुन आवश्यक रहेको बताएकी हुन् ।

उनले कर असुलीलाई प्रोत्साहन गर्दै नियन्त्रण गर्ने र कर वृद्धिको लागि दायरा बिस्तार गर्नुपर्ने आवश्यकतामा जोड दिए । उनले विप्रेषणबाट प्राप्त भएको रकमलाई उत्पादनको क्षेत्रमा लगाउनुपर्ने बताइन् । उनले निजी क्षेत्रको लगानीलाई आकर्षण गर्नको निम्ति उद्योग स्थापना गर्नको निम्ति सहजता प्रदान गर्न सरकारको ध्यनाकर्षण गराइन् । उनले लगानीमैत्री वातावरण बनाउँदै अघिल्ला सरकारले अघि सारेका राम्रा र सकारात्मक आर्थिक लाभ दिनसक्ने, आम्दानी दिनसक्ने योजनाहरुलाई निरन्तरता दिनुपर्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आफ्नो देशभित्र उत्पादन गर्न सकिने उत्पादनका वस्तुहरु पहिचान गर्दै उद्योग स्थापनामा जोड दिनुपर्ने जानकारी गरीन् । उनले वाह्य क्षेत्र वा अन्तर्राष्ट्रिय क्षेत्रका लगानी कर्ता उद्योगी, आप्रवासी नेपालीहरुलाई पुँजीको सुरक्षा र विश्वासिलो वातावरण बनाइ आकर्षण गर्ने नीति लिनुपर्ने बताइन् । सांसद दाहालले राष्ट्रिय गौरवका आयोजनाहरु आधा र अधुरा हुँदा खर्चिला बनेको जानकारी गरिन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्