Shikhar Insurance
National Life

विपद्मा परेका नागरिकको उद्धार र पुनःस्थापना गर्न सांसदहरुको माग

सिंहदरबार संवाददाता
२०८१ असार १३, बिहीबार १२:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरुले विपद्मा परेका नागरिकको उद्धार र पुनःस्थापना गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरुले मनसुनको सुुरुवाती चरणमै देशका विभिन्न ठाउँमा धनजनको क्षति भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

प्रतिनिधि सभा सदस्य अमनलाल मोदीले विराटनगर डुबानमा परेका कारण जनजिवन प्रभावित भएको भन्दै डुबानमा परेका नागरिकलाई उद्धार गर्न माग गरे । उनले सरकारले ठूला–ठूला कुरा गरेर मात्रै नहुने भन्दै डुबानमा परेका नागरिकको व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रतिनिधि सभा सदस्य रामहरी खतिवडाले ताप्लेजुङ, ओखलढुङ्गा लगायतका ठाउँमा पोहोर गएको विपद्को क्षतिपूर्ति र राहत आजसम्म नपाएका भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए । उनले गृहमन्त्रीले विपद्का फाइलहरु खोलेर जनतालाई राहत दिनुपर्ने बताए । उनले जनताको पुनःस्थापना गर्ने र जनतालाई राहत दिने फाइलहरु खोल्न गृहमन्त्रीलाई आग्रह गरे ।

प्रतिनिधि सभा सदस्य किरण शाहले विपद्मा परेर नागरिकको मृत्यु भइरहँदा र बिस्थापित भइरहँदा मन्त्रीहरु भने मिशन ०८४ मा व्यस्त भइरहेका बताए । उनले मधेश प्रदेशका विभिन्न भू–भागहरु डुबानमा परेका भन्दै उद्धार र राहतका लागि सरकारको ध्यानाकर्षण गराए । आकस्मिक समयमा बोल्ने अन्य सांसदहरुले पनि आ–आफ्नो क्षेत्रमा विपद्का कारण जनधनको क्षति भएको भन्दै राहत, उद्धार तथा पुनःस्थापनाको माग गरेका थिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्