Shikhar Insurance
National Life

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको १९ लाख ४४ हजार कित्ता सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ असार १३, बिहीबार १०:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ७ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको १९ लाख ४४ हजार ७ सय ४७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी आफूले खरिद गर्ने कित्ता संख्या खुलाई बैंकको सेयर शाखा काठमाडौं लाजिम्पाटमा आवेदन पेश गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा बैंकले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने एक सूचनामार्फत जानकारी दिएको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्