काठमाडौं । नमस्ते पे अब आइओएस र एन्ड्रोइड दुबै डिभाइमा नेपाली भाषामा छनोट गरेर एप प्रयोग गर्न सकिने योजना ल्याएको छ । नमस्ते पेले आफ्ना प्रयोगकर्ताहरुको भाषाको सहजताको आवश्यकताहरूलाई ध्यानमा राख्दै अझ सहज र उपयोगी बनाउन यो योजना आफ्नो एपमा ल्याएको हो ।
अब नमस्तेपे प्रयोगकर्ताहरूले नमस्ते पे एपलाई पूर्ण रूपमा नेपाली भाषामा छनोट गर्न सक्ने र नमस्तेपे को यो कदमले भाषागत बाधाहरूलाई हटाउन र नेपालभर सबैलाई डिजिटल कारोबारको पहुँचमा ल्याउन मद्दर् पुग्ने विश्वास कम्पनीले राखेको छ । नमस्तेपे एपले भन्यो, नमस्तेपे एपलाई नेपाली भाषामा स्विच गर्न धेरै सजिलो छ। प्रयोगकर्ताहरूले आफ्नो एप अपडेट गरेपछि भाषा सेनटिंगमा गई नेपाली भाषा चयन गर्न सक्छन् ।
नमस्तेपे सधैं नयाँ सेवाहरु जस्तैस् युएसएसडी –अफलाइन) मोड, स्प्लिट बिल र रिक्वेष्ट मी मनी जस्ता सुविधाहरू प्रस्तुत गर्न अग्रीणि भइसकेको कम्पनीले जनाएको छ । यी अपडेटहरू नमस्तेपेको डिजिटल भुक्तानी समाधानलाई सबैका लागि पहँुच योग्य बनाउन, डिजिटल विभाजनलाई कम गर्न नेपालमा नवित्तीय समावेशीकरणलाई प्रवर्द्न र प्रस्तुत गर्नका लागि निरन्तर गरिएको प्रयासको एक हिस्सा हो । कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्