काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले नायब प्रमुख कार्याकारी अधिकृत अञ्जु श्रेष्ठलाई कामु सिईओको जिम्मेबारी तोकेको छ ।
कम्पनीको असार १२ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सिईओ बिजय बहादुर शाहलाई बर्खास्त गरी हाल नायब प्रमुख कार्याकारी अधिकृत पदमा कार्यरत अञ्जु श्रेष्ठलाई प्रमुख कार्याकारी अधिकृत (सिईओ) को जिम्मेवारी दिएको हो ।
कम्पनीले असार १३ गते (आज) देखि लागू हुने गरी श्रेष्ठलाई अर्को व्यवस्था नभएसम्मको लागि सिईओको जिम्मेवारी तोकेको छ ।
प्रतिक्रिया दिनुहोस्