Shikhar Insurance
National Life

कञ्चनपुरमा सवारी साधन अनुमतिपत्रबाट ७४ लाख राजस्व सङ्कलन

सिंहदरबार संवाददाता
२०८१ असार १२, बुधबार १५:३५
Hyundai
NCELL
NIMB

कञ्चनपुर । सवारी साधनको चाप बढेसँगै कञ्चनपुरमा चालु आर्थिक वर्षमा चार हजार चार सय जनाले सवारी चालक अनुमतिपत्र लिएका छन् । यातायात व्यवस्था कार्यालयका अनुसार मोटरसाइकल, स्कुटर, ट्याक्टर, जीप÷कारलगायत सवारी साधनको चालक अनुमतिपत्र जारी गरेर ७४ लाख राजस्व सङ्कलन भएको हो ।

उक्त कार्यालयबाट सबैभन्दा धेरै मोटरसाइकल र स्कुटरचालकको अनुमतिपत्र जारी भएको छ । गत आर्थिक वर्षमा अनुमतिपत्र जारी गरेर ८७ लाख ५९ हजार राजस्व सङ्कलन भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्