काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.६० अंकले बढेर परिसूचक २०६०.१६ मा पुगेको बजार बन्द भएको हो ।
बुधबार ३०५ कम्पनीको ८७ लाख २७ हजार १६४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५ करोड ८० लाख ४७ हजार ७ सय ३२.२२ रुपैयाँ कारोबार भएको छ ।
बुधबार नेपाल फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १६ करोड ४६ लाख १८ हजार ८३० रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य १ हजार ३० रुपैयाँ रहेको छ ।
बुधबार ५७ कम्पनीको सेयर मूल्य बढ्दा १८६ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
साथै, आज नेपाल फाइनान्सको सेयर मूल्य ९.५५ प्रतिशतले सेयर मूल्य बढेको छ भने साधना लघुवित्तको सेयरमा मूल्य ६.३८ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्