Skip to content
Shikhar Insurance
National Life

यी हुन् आज सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनीहरु

Hyundai
NCELL
NIMB

काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ११.६० अंकले घटेर २०६०.१६ मा पुगेको हो ।

बुधबार ३०५ कम्पनीको ८७ लाख २७ हजार १६४ कित्ता किनबेच हुँदा ४ अर्ब ५ करोड ८० लाख ४७ हजार ७ सय ३४ रुपैयाँ कारोबार भएको छ ।

बुधबार नेपाल फाइनान्सको ९.५५ प्रतिशत, शिव श्री हाइड्रोपावरको ७.२६ प्रतिशत, गणपति लघुवित्तको ७.१३ प्रतिशत, मुक्तिनाथ कृषि कम्पनीको ६.५० प्रतिशत, स्वाभिमान लघुवित्तको ५.१० प्रतिशत सहित ७९ कम्पनीको सेयर मूल्य बढेको छ ।

त्यस्तै, आज साधना लघुवित्तको ६.३८ प्रतिशत, हिमालयन ऊर्जा विकास कम्पनीको ५.२५ प्रतिशत, मिड सोलु हाइड्रोपावरको ४.२६ प्रतिशत, साम्लिङ पावर कम्पनीको ४.११ प्रतिशत, सिटिजन्स म्युचुअल फण्ड १ को ३.७८ प्रतिशत सहित २१३ कम्पनीको सेयर मूल्यमा ओरालो लागेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्