काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले विशेष साधारण सभाबाट पारित निर्णय बमोजिम चुक्ता पुँजीको १५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको हो ।
कम्पनीले हकप्रद शेयर निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको छ । सो सम्बन्धी इन्स्योरेन्स र क्यापिटलबीच असार ११ गते सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौता पत्रमा यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) श्रवण रावल तथा लक्ष्मी सन्राइज क्यापिटलका तर्फबाट क्यापिटलका प्रमुख कार्यकारी अधिकृत(सीईओ) विजय लाल श्रेष्ठले हस्तारक्षर गरे ।
प्रतिक्रिया दिनुहोस्