काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ र नेपाल स्टक एक्सचेन्ज(नेप्से)परिसूचक ५.६० अंकले बढेर २०७१.७७ मा पुगेको हो ।
मंगलबार ३१९ कम्पनीको ९४ लाख ३५ हजार ४५४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १८ करोड ७७ लाख ९६ हजार ८ सय ३३ रुपैयाँ कारोबार भएको छ ।
आज साधना लघुवित्तको सेयरमा नकरात्मक सर्किट लागेको छ । त्यस्तै, एनआईबीएल स्टेबल फण्डको ४.०५ प्रतिशत, गुडवील फाइनान्सको ३.७७ प्रतिशत, जानकी फाइनान्स कम्पनीको ३.६७ प्रतिशत, शिव श्री हाइड्रोपावरको ३.५६ प्रतिशत सहित ११३ कम्पनीको सेयर मूल्य घटेको छ ।
प्रतिक्रिया दिनुहोस्