Shikhar Insurance
National Life

मंगलबार सामान्य अंकले बढ्यो सेयर बजार, कारोबार रकममा भने गिरावट

सिंहदरबार संवाददाता
२०८१ असार ११, मंगलवार १५:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.६० अंकले बढेर परिसूचक २०७१.७७ मा पुगेको बजार बन्द भएको हो ।

मंगलबार ३१९ कम्पनीको ९४ लाख ३५ हजार ४ सय ५४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १८ करोड ७७ लाख ९६ हजार ८ सय ३३ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मंगलबार आरएसडिसी लघुवित्त वित्तीय संस्थाको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १४ करोड ८३ लाख ८ हजार १६ रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य ६ सय ९६ रुपैयाँ रहेको छ ।

मंगलबार १५१ कम्पनीको सेयर मूल्य बढ्दा ८८ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

साथै, आज २ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने साधना लघुवित्तको सेयरमा नकारात्मक सर्किट लागेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्