Shikhar Insurance
National Life

युनाइटेड नेशन्स-२०२४ को नवौं संस्करण सम्मेलन काठमाडौंमा सुरु

सिंहदरबार संवाददाता
२०८१ असार ११, मंगलवार ११:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । एभरेस्ट इन्टरनेशनल मोडेल युनाइटेड नेशन्स(इआईएमयुएन)-२०२४ को नवौं संस्करण काठमाडौंमा सुरु भएको छ । युथ थिंकरस् सोसाइटी वाइटीएसद्वारा नेपालस्थित अमेरिकी दूतावासको सहकार्यमा आयोजित यो पाँच दिने सम्मेलन काठमाडौंमा सुरु भएको हो ।

सम्मेलनले युवाहरूलाई मानवीय सुरक्षा संकट र साइबर खतराहरू, राजनीतिक क्षेत्रमा महिलाको सहभागिता, डिजिटल गलत सूचना, कृषि जैविक विविधता संरक्षण, दिगो ऊर्जा र पानी व्यवस्थापन जस्ता विश्वव्यापी समस्याहरूको सामना र समाधान गर्न सशक्त बनाउने उद्देश्य राखेको इआईएमयुएनले जनाएको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

“बौद्धिक गरिबी हाम्रो महादेशलाई पिरोलिरहेको मुख्य समस्या हो, र यस किसिमका कार्यक्रमहरू मार्फत युवामा लगानी गर्नु अति आवश्यक छ”, युवा चिन्तक समाजका सह-संस्थापक चेवन राईले बताए । इआईएमयुएन दक्षिण र मध्य एशियाली क्षेत्रको सबैभन्दा प्रतिष्ठित मोडेल युएन सम्मेलनहरूमध्ये एक मानिन्छ। यो सम्मेलनले विभिन्न सांस्कृतिक पृष्ठभूमिका युवाहरूलाई गहन बहस र वार्तामा संलग्न गराएर उनीहरूको कूटनीतिक क्षमतालाई सुदृढ बनाउने अवसर प्रदान गर्ने इआईएमयुएनले विश्वास लिएको छ ।

सोमबार आयोजित उद्घाटन समारोहमा नेपाल सरकारको परराष्ट्र मन्त्रालयका संयुक्त सचिव अमृत बहादुर राई, नेपालका लागि अमेरिकी राजदूत डिन आर. थोम्पसन, र युएन वोमेन नेपालको लागी प्रतिनिधि पेट्रीसिया फर्नान्डेज-पाचेको लगायतका गणमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो। उद्घाटन समारोहका वक्ताहरूले विश्व मामिलामा युवाहरूको संलग्नताको महत्त्वलाई जोड दिएका थिए। आयोजकहरूका अनुसार, इआईएमयुएनले सांस्कृतिक समझदारीलाई प्रोत्साहन गरी र कूटनीतिक सीपहरूलाई प्रखर बनाई सहभागीहरूलाई भविष्यमा राम्रो र दिगो समाज निर्माण गर्न आवश्यक उपकरणहरू प्रदान गर्न लक्ष्य लिएको छ।

यस सम्मेलनमा १० देशका २०० भन्दा बढी युवा प्रतिनिधिहरू सहभागी भएका छन् । यस पाँच दिने सम्मेलनमा बंगलादेश, भारत, जापान, सुडान, कजाकिस्तान, किर्गिस्तान, नेपाल, म्यानमार, पाकिस्तान, र श्रीलङ्का जस्ता देशका युवा नेताहरूको सहभागिता रहेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्