Shikhar Insurance
National Life

आर्थिक शिथिलतालाई चिरेर मौद्रिक नीति ल्याउँछौँ : गभर्नर अधिकारी

सिंहदरबार संवाददाता
२०८१ असार १०, सोमबार १९:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक शिथिलतालाई चिरेर मौद्रिक नीति ल्याउने बताएका छन् । उनले नेपाल व्यवस्थापन संघद्वारा आयोजित ‘२०८१/०८२ का लागि मौद्रिक नीति’ कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

उनले शिक्षा तथा रोजगारको शिलसिलामा कयौं युवाहरु बिदेसिएका कारण देशको अर्थतन्त्र सुस्त रहेको बताउँदै आर्थिक र मौद्रिक नीतिको हिसावमा रास्ट्र बैंक सबल रहेको बताए । उनले भने, मौद्रिक निति घटेको छैन । यस्को पनि निश्चित सिमा छ । त्यस्तै, उनले अर्थतन्त्रलाई शिरमा राखेर देशको हित हुने काम गर्ने प्रतिबद्ध समेत गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन कुमार श्रेष्ठले हालको अर्थतन्त्र मौद्रिक नीतिले धान्नुपर्ने भएको बताएका छन् । उनले मुलुकको आन्तरिक अवस्था पीडित रहेको र त्यो अवस्थालाई छिटो सुधार्नुपर्ने बताउँदै मौद्रिक नीतिले बजारलाई सम्बोधन गर्न नसकेको गुनासो व्यक्त गरे ।

उनले भने, अर्थतन्त्र सुस्त हुनुको प्रमुख कारण नीतिगत अस्थिरता हो । सरकारको नीति कम्तिमा पनि २र३ वर्षसम्म स्थिर हुनुपर्ने हो तर स्थिर छैन । उद्योगलाई दिने कर्जा र व्यापारीलाई दिने कर्जामा २ प्रतिशत फरक हुनुपर्ने बताउँदै उनले उद्योगको संयोग दरमा कर्जा व्यवस्था, मुद्रा नियन्त्रण गर्ने, सुशासन कायम गर्ने, लगानी बढाउने, गरिबी बेरोजगारी घटाउने जस्ता नीति तथा मौद्रिक ल्याउन राष्ट्र बैंकलाई आग्रह गरे ।

त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले मुलुकको आर्थिक शिथिलता कारण तीन दशकमा १ लाख १८ हजार बढी उद्योगहरु कालो सूचिमा परेको बताए । उनले सरकारको कमजोरीको प्रभाव प्रत्यक्ष नीजि क्षेत्रमा परेको बताए । अध्यक्ष अग्रवालले मन्दीमा रहेको अर्थतन्त्रले व्यवसायीहरुको मनोवल घटाएको र नीजि क्षेत्रको मनोबल पुन उत्थान नगरे देशको अर्थतन्त्र झन समस्यामा पर्ने उनले दावी गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्