काठमाडौं । नागरिक लगानी कोषले साधारण सभा आह्वान गरेको छ । कोषको असार ९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार असार ३१ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान ११ :०० बजे बस्ने गरी सभा आह्वान गरेको हो ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेस गर्ने कोषको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० साल असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्ने सभाको प्रस्ताव रहेको छ ।
कोषको आर्थिक वर्ष २०७९/८० को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्टयाइएको प्रस्तावित १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी जम्मा १४.७३६८ प्रतिशत बोनस स्वीकृत गर्ने सभाको एजेण्डा रहको कम्पनीले जनाएको छ ।
साथै, सभा प्रयोजनका लागि असार २० गते एक दिन कोषको सेयरधनी दर्ता पुस्तिका तथा सेयर दाखिल खारेजको कार्य बन्द रहने कम्पनीले जनाएको छ । सेयरधनी पुस्तिका बन्द भएको अघिल्लो दिन अर्थात् असार १९ गतेसम्म नेपाल स्टक एक्स्चेन्ज लिमिटेड(नेप्से)मा कारोबारमा आएका सेयरधनीमा सभामा भाग लिन पाउने कम्पनीले सूचनामार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्