काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आइतबार २७ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार ३०० रुपैयाँले बढेको हो ।
सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार ३०० रुपैयाँ रहेको छ । अघिल्लो दिन सुन १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ६०० रुपैयाँ रहेको छ अघिल्लो दिन सुन १ लाख ४१ हजार ३०० रुपैयाँमा खरिदबिक्र भएको थियो ।
त्यस्तै, आज चाँदी प्रतितोला १ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी १ हजार ८१५ रुपैयाँमा किनबेच भएको थियो । आज चाँदी ५ रुपैयाँले बढेको हो ।
प्रतिक्रिया दिनुहोस्