काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५.३७ अंकले घटेर २०६२.९४ मा पुगेको हो ।
आइतबार ३१७ कम्पनीको ९५ लाख ६१ हजार ७ सय २७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३७ करोड ४५ लाख ९७ हजार ४ सय ५८ रुपैयाँको कारोबार भएको छ ।
आइतबार पोखरा फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १७ करोड १३ लाख ५२ हजार ३ सय ९१ रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य ६ सय ६२ रुपैयाँ रहेको छ ।
आइतबार ७८ कम्पनीको सेयर मूल्य बढ्दा १६४ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । साथै, आज ५ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने ग्लोबल आइएमई लघुवित्तको सेयरमा ६.५८ प्रतिशतले गिरावट आएको छ ।
प्रतिक्रिया दिनुहोस्