Shikhar Insurance
National Life

एनआईसी एशिया बैंक कार्बन एकाउन्टिङ फाइनान्सियल्सको सदस्य बन्न सफल

सिंहदरबार संवाददाता
२०८१ असार ९, आईतवार १४:००
Hyundai
NCELL
NIMB

काठमाडौं । एनआईसी एशिया बैंक कार्बन एकाउन्टिङ फाइनान्सियल्सको सदस्य बन्न सफल भएको छ । विश्वव्यापी वित्तीय संस्थाहरूको सहकार्यमा ल्याइएको यो पहलमा एनआईसी एशिया बैंक सामेल हुन सफल भएको हो ।

छ वटा महादेशका ४८० भन्दा बढी वित्तीय संस्थाहरूसँग, पीसीएएफ उत्तरी अमेरिका, ल्याटिन अमेरिका, युरोप, अफ्रिका र एशिया-प्रशान्त क्षेत्रहरूमा द्रुत रूपमा विस्तार भइरहेको छ। बैंकले पीसीएएफसँग पङ्क्तिबद्ध भएर, आफ्नो कार्बन फुटप्रिन्टहरूको पारदर्शी मूल्याङ्कन मार्फत वातावरणीय दिगोपनप्रति आफ्नो प्रतिबद्धतालाई जोड दिने जनाए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘विश्व मौलिक रूपमा वातावरणमैत्री अभ्यासतर्फ सर्दै गएकाले, एनआईसी एशिया बैंकले पनि आफ्नो कार्बन फुटप्रिन्ट नाप्ने र रिपोर्टिङ गर्न र दिगो अर्थतन्त्रतर्फ विश्वव्यापी परिवर्तनको पक्षमा जलवायु(मैत्री रणनीतिहरू निर्माण गर्न प्रतिबद्ध छ’ एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) रोशनकुमार न्यौपानेले बताए ।

हाल बैंकले ३६० वटा शाखा कार्यालय, ६ सय ७१ एटिएम, ११८ वटा एक्सटेन्सन काउण्टर र ५१ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत संचालन गर्दै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्