काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन बचत वृद्धि योजना आजबाट सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक क्षतीबाट बीमितलाई सुरक्षा प्रदान गरी परिवारको आर्थिक भविष्य सुरक्षित गर्ने उद्देश्यले यो योजना सार्वजनिक गरेको हो ।
सबैद्वारा समान बीमाशुल्कमा खरिद गर्न सकिने यस जीवन बीमा योजना, अन्तराष्ट्रिय बजारमा निकै नै प्रचलित छ । यसअघिको बीमा योजनाहरुमा उमेरको आधारमा बीमाशुल्क फरक हुने गरेकोमा यस नयाँ योजनामा उमेरको कारण बीमाशुल्क फरक नहुने कम्पनीले जनाएको छ । यस योजनामा लोयल्टी रिवार्ड समेत समावेश गरिएको छ । कम्पनीका अनुसार थोरै लगानी गरी धेरै लाभ उठाउन सकिने यस योजनामा सारिक हुनका लागि न्यूनतम उमेर १८ बर्ष पुगेको हुनु पर्ने छ भने अधिकतम उमेर ५५ बर्ष रहेको छ र यस योजनाको म्याचुरीटी ७० बर्ष सम्ममा हुने व्यवस्था रहेको छ ।
यस योजनमा बीमाशुल्क भुक्तानी गरे वापत यस योजनाको शर्त तथा बन्देजको अधिनमा जुन घटना घटेमा भुक्तानी दिने भनिएको हो सो घटना घटेमा बीमाङ्क रकम वा अकाउन्ट भ्यालु बीमितलाई भुक्तानी गरिन्छ । यस बीमा योजनामा न्यूनतम वार्षिक बीमाशुल्क १२ हजार रहेको र न्यूनतम बीमा अवधि १० बर्ष रहेको कम्पनीले जानकारी दिए । बीमितले बीमाशुल्क एकल, वार्षिक, अर्धवार्षिक र त्रैमासिक रुपमा बुझाउन पाउने वयवस्था रहेको कम्पनीले जनएको छ ।
कम्पनीले थप सुविधाहरु “दुर्घटनाबाट मृत्यु लाभ, स्थायी पूर्ण अशक्तता लाभ, स्थायी आंशिक अशक्तता लाभ” पनि यसै योजना भित्र समावेश गरेको छ । पुराना योजनाहरुमा स्थायी पूर्ण अशक्तता हुँदा मात्र लाभ पाईन्थ्यो भने यस योजनामा स्थायी आंशिक अशक्तता हुँदा पनि लाभ पाइने व्यवस्था रहेको छ ।
असार ९ गते सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रधान कार्यालय, थापाथलीमा आयोजित कार्यक्रममा संचालक समिति र व्यवस्थापन समुहद्वारा यस नयाँ योजना सार्वजनिक गरिएको हो । यस योजनाको विस्तृत विवरण कम्पनीको वेबसाइटमा पनि उपलब्ध छ साथै यस योजना बारे थप जानकारीको लागि नजिकै रहेको सिटिजन लाइफ इन्स्योरेन्सको शाखार उपशाखा कार्यालयमा सम्पर्क गर्न समेत कम्पनीले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्