काठमाडौं । अन्तशुल्क स्टीकर र टेरामक्स खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गर्ने निर्णय गरेको छ । विशेष अदालत काठमाडौंमा आइतबार मुद्दा दर्ता हुने आयोग स्रोतको दाबी छ ।
अख्तियार स्रोतका अनुसार टेरामस्क र अन्तशुल्क स्टिकर खरिदमा मुद्दा चलाउने विषयमा आयोगले शुक्रबार नै निर्णय गरेको हो । अख्तियार स्रोतले भन्यो, ‘मुख्य सचिव विरुद्ध मुद्दा चलाउने निर्णय शुक्रबार नै भएको हो, प्रक्रिया टुङग्याएर आइतबार नै मुद्दा दायरको प्रकृया अघि बढेको छ ।’
टेरामस्क र अन्तशुल्क स्टिकर खरिद प्रकृयामा भ्रष्टाचार भएको विषयमा लामो समयदेखि आयोगले अनुसन्धान गरिरहेको थियो । खरिद प्रकृयामा मुख्यसचिव डा. बैकुण्ठ अर्याल, नेपाली काँग्रेसमा नेता तथा पुर्व सुचना तथा संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, नेपाल दूर संचार प्राधिकरणका कर्मचारीहरु सहभागी छन् । आयोग स्रोतका अनुसार खरिद प्रकृयामा सहभागी सबैलाई प्रतिवादी बनाएर आयोगले मुद्दा दायर गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्