काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा बोलाएको छ । संस्थाले असार ३० गते, धुलिखेल लज रिसोर्ट, धुलिखेल, काभ्रेपलाञ्चोकमा बस्ने गरी साधारण सभा बोलाएको हो ।
सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । संस्थाको लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात, आव २०७९/८० को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितको वित्तीय विवरण तथा सो सम्बन्धी अनुसूचीहरु छलफल गरी पारित गर्ने सभाको प्रस्ताव रहेको छ ।
संस्थाको आव०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षण समितिबाट सिफारिस भए बमोजिम बाह्य लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तथा सेवा सविधा बारेमा निर्णय गर्ने संस्थाले जनाएको छ । सभाले एफपीओ निष्काशन गर्ने, सो सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
त्यस्तै, सञ्चालक समितिमा संस्थापक समूहको तर्फबाट ४ जना र सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालक नियुक्तिलाई अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने जस्ता सामान्य प्रस्तावहरु पनि पारित गर्ने सभाकको एजेण्डा रहेको छ ।
साथै, साधारण सभा प्रयोजनार्थ संस्थाले असार १७ गतेदेखि ३० गतेसम्म बुकक्लोज गर्ने भएको छ । असार १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरु मात्र सभामा सहभागिता जनाउन सक्ने संस्थाले सूचनामार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्