काठमाडौं । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले साढे ५ महिनापछि हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ । विद्युत नियमन आयोगले असार ७ गते कम्पनीलाई शतप्रतिशत हकप्रद सेयर निष्कासनका लागि स्वीकृति प्रदान गरेको हो ।
कम्पनीले प्रतिसेयर १०० रुपैयाँको दरले ९९ सय करोड रूपैयाँ बराबरको ९९ लाख कित्ता हकप्रद सेयर जारि गर्न लागेको हो । कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्मेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।
लामो समयदेखि अलपत्र अवस्थामा रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोटमा विवाद आएर रद्द भएको छ । अर्थमन्त्रालयले नेतृत्व सम्हालन नरेन्द्र रानालाई सह–सचिवलाई बोर्डमा पठाएका छन् ।
अर्थमन्त्रालयले व्यवसमयिक कार्ययोजना पेश गर्न तीनै जना उपस्थित नभए, २ जनाको मात्रै नाम पठाउने तयारी छनौट समितिले गरेको थियो । अन्तरवार्तामा तीनै जना अनुपस्थित भए, २ जना वा तीन जनाको नाम सिफरिस हुनेछ, अन्तरवार्ता दिएका २ जना र नदिनेमध्ये धेरै नम्बर ल्याउने १ जना थपेर मन्त्रिपरिषद पठाउने तयारी भएको थियो तर ३ जनाको नै पुन:अनुपस्थिती भएपछि रद्द भएको हाे ।
प्रतिक्रिया दिनुहोस्