काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक सेयर सर्वसाधारणको लागि बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीतुलसी प्रसाद पोखरेलको नाममा रहेको ५६ हजार ५ सय ८०.७८ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर संस्थापक सेयरधनीहरुबाट बिक्री नभएर सर्वसाधारणको लागि बिक्री खुल्ला गरेको एक सूचना मार्फत बैंकले जानकारी गरेको छ ।
सेयरको खदिर बिक्री प्रतिकित्ता न्यूनतम मूल्य १ सय रुपैयाँ तोकेको छ । सेयर खरिदको लागि बैंकले अन्य व्यक्ति, कम्पनी वा संघ संस्थाले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आवेदन पेश गर्ने सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्