काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य १ हजार ९०० रुपैयाँले बढेको हो ।
आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन १ लाख ४२ हजार ८०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार रुपैयाँ रहेको छ । बिहिबार सुन १ लाख ४२ हजार १०० रुपैयाँमा किनबेच भइको थियो ।
त्यस्तै, आज चाँदी २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी १ हजार ८ सय ४० रुपैयाँमा खरिद बिक्री भएको थियो ।
प्रतिक्रिया दिनुहोस्