Shikhar Insurance
National Life

सरकार देश र जनताको पक्षमा छैन : सांसद महत

सिंहदरबार संवाददाता
२०८१ असार ६, बिहीबार १७:३४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले अहिलेको सरकार देश र जनताको पक्षमा नरहेको बताएका छन् । बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो आरोप लगाएका हुन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा आज दिएका जवाफले पनि सोकुरा प्रमाणित गर्ने बताए । उनले कार्यविधिमा तीन करोड भन्दा तलको आयोजना केन्द्र सरकारले नराख्ने भनेपछि किन राखिएको भन्दै प्रश्न गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसले सरकार जनताप्रति जिम्मेवार नरहेको प्रमाणित हुने बताए । प्रधानमन्त्री दाहालले तीन करोड भन्दा तलका आयोजना प्रदेश र स्थानीय तहले गर्नेकुरा आजको मन्तव्यका क्रममा राखेपनि केन्द्रमा राखिसकेपछि कसरी प्रदेश र स्थानीय तहले काम गर्छन् ? भन्दै प्रश्न गरे । उनले नेपाली काँग्रेस बिना जिम्मेवारीपूर्ण ढंगबाट देशको विकास सम्भव नरहेको बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्