Shikhar Insurance
National Life

विद्यालयको पाठ्यक्रममा ट्राफिकसम्बन्धी विषय समावेश गर्नुपर्छ : मुख्यमन्त्री सिंह

सिंहदरबार संवाददाता
२०८१ असार ६, बिहीबार १७:२६
Hyundai
NCELL
NIMB

धनुषा । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रत्येक विद्यालयको पाठ्यक्रममा ट्राफिकसम्बन्धी विषय समावेश गर्नुपर्ने बताएका छन् । जनकपुरधाममा मधेश प्रदेश गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा आज आयोजना गरिएको ट्राफिक जनचेतनामूलक कार्यक्रममा उनले विद्यालयको पाठ्यक्रममा ट्राफिकसम्बन्धी विषय राखेपछि सडक दुर्घटनामा कमि आउने बताएका हुन् ।

आजका बालबालिका भोलिका भविष्य भएकाले बालबालिकाकै विशेष सहभागितामा कार्यक्रम सञ्चालन भएकाले यसले समाजमा ठूलो परिवर्तन ल्याउने उनले विश्वास व्यक्त गरे । मुख्यमन्त्री सिंहले बढ्दै गरेको सडक दुर्घटना नियन्त्रणका लागि विद्यार्थीले यसलाई सचेतनाका रुपमा लिनुपर्छ र यसले भविष्यमा दुर्घटना न्यूनीकरण गर्ने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

ट्राफिक नियम पालना गराउनका लागि उनले आग्रह गरे । चालकले सवारी सधानको अवस्थाका बारेमा पूर्व जानकारी राख्नुपर्ने मुख्यमन्त्री सिंहको भनाइ थियो । कार्यक्रममा प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री विमला अन्सारी, उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहलगायतको उपस्थिति थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्