Skip to content
Shikhar Insurance
National Life

प्रभु बैंकका ग्राहकहरुलाई यी ९ होटल तथा रेष्टुरेण्टमा विशेष छुट

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु बैंक र पर्यटकीय नगर पहाडकी रानी बन्दिपुरमा अवस्थित बिभिन्न होटल तथा रेष्टुरेण्टहरुबिच विशेष छुट सम्झौता भएको छ । बैंक र विभिन्न ९ होटल तथा रेष्टुरेण्टहरुबीच जेठ १५ गते छुट्टाछुट्टै समारोहमा भएको हो ।

बन्दिपुरको ईको होटल प्रालि, हेरिटेज गेष्ट हाउस एण्ड रेष्टुरेण्ट, होटल दरबार हिमालय, फाल्चा खाजा घर, बहिदार घर क्याफे, गुड होटल प्रालि, हिल्स सेभेन रेष्टुरेण्ट एण्ड लज, होटल तिनधारा, वल्र्ड हाउस क्याफे एण्ड लजमा बैंकका कर्मचारी तथा ग्राहकहरुले छुट पाउने सम्झौता भएको हो ।

सम्झौतमा बन्दिपुर ईको होटल प्रालिको तर्फबाट निर्देशक सूर्य प्रसाद ढकाल, हेरिटेज गेष्ट हाउस एण्ड रेष्टुरेण्टका प्रोपाइटर संगिता प्रधान, होटल दरबार हिमालयका प्रोपाइटर सीर कुमारी गुरुङ, फाल्चा खाजा घरका प्रोपाइटर मिनु प्रजापति, बहिदार घर क्याफेका प्रोपाइटर प्रतिमा श्रेष्ठ, गुड होटल प्रालिका निर्देशक बिश्व प्रकाश सुल्पे, हिल्स सेभेन रेष्टुरेण्ट एण्ड लजका प्रोपाइटर रबी शान्ति पिया, होटल तिनधाराका प्रोपाइटर सुमन सन श्रेष्ठ, वल्ड हाउस क्याफे एण्ड लजका प्रोपाइटर नन्दा पिया र प्रभु बैंक लिमिटेडका तर्फबाट डुम्रे शाखाको शाखा ईन्चार्ज बिटु माया बस्नेतले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारी का परिवारले उल्लेखित सम्झौतामा भएका होटल तथा रेष्टुरेण्ट मा उपलब्ध सेवा हरु जस्तै आवास, खाना, मनोरञ्जन सभाहल लगायतका सेवा हरुमा ५ प्रतिशत देखि २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । साथै, प्रभु बैंकका कर्मचारी तथा ग्राहक हरुले आफ्नो बैंक सँगको आबद्घताको प्रमाणको आधारमा यो सुबिधा सहजै प्राप्त गर्न सकिनेछ ।

बैंकका नेपालभर ३०६ शाखा कार्यलयहरु, २८६ एटीयम साथै ७० भन्दा बढि एक्सटेन्सन काउन्टरहरु रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्