Shikhar Insurance
National Life

सरकारले उद्योगहरुसँग माग्यो १९ हजार मेट्रिक टन चिनी आयातको लागि आशयपत्र (पत्रसहित)

सिंहदरबार संवाददाता
२०८१ असार ६, बिहीबार १६:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयले चिनी कच्चा पदार्थको रुपमा प्रयोग गर्न इच्छुक उद्योगहरुलाई आशयपत्र बुझाउन भनेको छ ।

मन्त्रलाय अन्तर्गतको उद्योग विभागले एक सूचना प्रकाशन गर्दै भारतबाट ‘न्यास्लन कोअपरेटिभ एक्सपोर्ट लिमिटेड इन्डिया’मार्फत बिक्री गर्ने गरी प्राप्त चिनी प्रयोगका लागि आशयपत्र बुझाउन भनेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मन्त्रालयको २०८१ जेठ ३० गतेको पत्राचारअनुसार भारत सरकारले नेपाललाई २५ हजार मेट्रिक टन चिनी निर्यातको अनुमति दिएको थियो । सोमध्ये १९ हजार मेट्रिक टन चिनी कच्चा पदार्थको रुपमा प्रयोग गर्न इच्छुक उद्योगहरुले आवश्यक विवरणसहित यो सूचना प्रकाशन भएको ७ दिनभित्र उद्योग विभागमा आशयपत्र बुझाउनुपर्ने उद्योगले जनाएको छ।

विभागका अनुसार उद्योगले आशयपत्रमा नाम, ठेगाना र सम्पर्क नम्बर, उद्योग दर्ता नम्बर, दर्ता भएको निकाय र दर्ता मिति, उद्योगको स्किमअनुसार वार्षिक खपत परिमाण, गत वर्षको खपत परिमाण, यो कोटामार्फत ल्याउन चाहेको परिमाण र हाल उद्योग सञ्चालनमा रहे–नरहेको अवस्था खुलाउनुपर्नेछ । आशयपत्र इमेलमार्फत पठाउनु पर्ने उद्योगले जानकारी दिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्