Shikhar Insurance
National Life

अन्तर्राष्ट्रिय विमानस्थलहरु सञ्चालनको उपयुक्त विधि तय भएपछि मात्रै सञ्चालन हुन्छन् : प्रधानमन्त्री दाहाल

सिंहदरबार संवाददाता
२०८१ असार ६, बिहीबार १३:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अन्तर्राष्ट्रिय विमानस्थलहरु सञ्चालनको उपयुक्त विधि तय भएपछि मात्रै सञ्चालनमा आउने बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा सांसदहरुसँग प्रश्नोत्तर गर्दै प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय विमानस्थलहरु सञ्चालनका लागि सुझाव पेश गर्न समिति गठन भएको र समितिको प्रतिवेदनमा आएको सिफारिस अनुसार सञ्चालन गरिने बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले सार्वजनिक, नीजि साझेदारी वा सञ्चालनको अन्य उपयुक्त विधि तय गरी कार्यान्वयनमा ल्याइने बताए । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको बारेमा आफूले सम्बन्धित मन्त्रालयसँग छलफल गरिरहेको उनले जानकारी गरे ।

उनले अन्तर्राष्ट्रिय वायु सेवाहरुले पोखरा विमानस्थलबाट सेवा सञ्चालन गर्नको लागि विभिन्न छुट तथा सहुलियतका विषयमा चासो व्यक्त गरेका र उनीहरुसँग पनि छलफल भइरहेको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्