काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको बजेट आफूले अपेक्षा गरे अनुरुप रुपान्तरण गर्न नसकेको बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा सांसद तेजुलाल चौधरीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले संसदको काम, कारबाही नियमित रुपमा सुचारु हुन नसक्दा नीति तथा कार्यक्रममा पर्याप्त छलफल हुन नसकेको बताएका हुन् ।
उनले पर्याप्त छलफल हुन नसक्दा आफूले अघिल्लो वर्ष नै घोषणा गरे अनुरुप बजेट तर्जुमा प्रक्रियालाई रुपान्तरण गर्न नसकेको बताए । उनले सरकारको नीति तथा कार्यक्रममा समेटिएका विषयलाई बजेटमा तालमेल कायम गर्ने कोशिस गरिएको जानकारी गरे । प्रधानमन्त्री दाहालले थारु लगायत आर्थिक र सामाजिक रुपमा पछाडी परेका समुदायको पहिचान स्थापित गर्न सरकार गम्भीर रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्