Skip to content
Shikhar Insurance
National Life

२ खर्बको आलिसान बंगला बनाउन थालेपछि आलेचनाको केन्द्रमा मोदी, निरोसँग तुलना

Hyundai
NCELL
NIMB

काठमाडौं । कोरोना महामरीसँग जुध्ने उपाय खोज्न छाडेर आफ्ना लागि आलिशान महल बनाउने परियोजनाका कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पुनः विवादित बनेका छन् । भारत सरकारले ‘सेन्ट्रल भिष्टा’ नामको परियोजनामा नयाँ संसद भवन, प्रधानमन्त्री भवन र राष्ट्रपति निवासको निर्माण गरिरहेको छ । यो प्रोजेक्टको कुल लगानी २० हजार करोड रुपैयाँ पर्छ ।

सन २०१९ सेप्टेम्बरमै घोषणा गरिएको भए पनि यो प्रोजेक्ट भर्खर सुरु भएको हो र आरम्भका दिन देखि नै व्यापक आलोचनाको सामना गरिरहेको छ । कोरोना महामारीमा भ्याक्सिन खरिद गर्न छाडेर, संसारकै प्रदुषित हावा लाग्ने दिल्लीलाई स्वच्छ बनाउन छाडेर सरकारले आलिसान महल निर्माणलाई प्राथमिकता दिएको भन्दै मोदीलाई ‘रोम जलिरहँदा पियानो बजाउने निरो’का रुपमा आलोचना गनै थालिएको हो ।

मोदी सरकारका शहरी विकास मन्त्री हरदीप सिंह पुरीले सेन्ट्रल भिष्टा परियोजनालेले अर्थतन्त्रलाई फाइदा पुग्ने र यो भारतका लागि गर्व गर्न लायक प्रोजेक्ट भएको बताएका छन् । काँग्रेस नेता राहुल गान्धीले सेन्ट्रल भिष्टालाई आपराधिक वर्बादीको संज्ञा दिएका छन् । १५ एकड क्षेत्रफलमा फैलिएको सेन्ट्रल भिष्टामा १० वटा भवन हुनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्