काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ५ जना संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएकाे हाे ।
संस्थापक सेयरधनीहरु सनराईज होल्डिङ्गस् प्रालिको नाममा रहेको ९० हजार ७ सय कित्ता, यादेवेन्द्र गौतमको ५४ हजार ९ सय कित्ता, प्रजित राज पराजुलीको नाममा रहेको ३७ हजार ५ सय कित्ता, विराट कुमार श्रेष्ठको नाममा रहेको १ लाख ४१ हजार ३ सय २५ कित्ता, विनिता उपाध्यायको नाममा रहेको १ लाख कित्ता सेयर कूल ४ लाख २३ हजार ७ सय २५ कित्ता सेयर बिक्रीमा ल्याएका छन् ।
उक्त सेयर संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेपछि कम्पनीले सर्वसाधारणको लागि बिक्री खुल्ला गरेको हो ।
सेयर खरिदको लागि जोकोहि व्यक्ति, कम्पनी वा संघ संस्थाहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ७ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्