Shikhar Insurance
National Life

प्रतिकित्ता न्यूनतम मूल्य ७ सय रुपैयाँमा नेपाल क्लियरिङ्ग हाउसको सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ असार ६, बिहीबार ११:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको स्वामित्वमा रहेको नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले ३० हजार कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको छ ।

उक्त सेयरको न्यूनतम प्रतिकित्ता मूल्य ७ सय रुपैयाँ रहेको छ । सेयर खरीदका लागि आवेदन दिंदा सबै कित्ता सेयरका लागि आवेदन दिनु पर्ने सूचनामा उल्लेख गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सेयर खरिदको लागि संस्थापक सेयरधनी वा अन्य जोकोहि व्यक्ति वा कम्पनीहरुले आवश्यक कागजात संकलन गरी आज (असार ६ गते) देखि असार १२ गतेसम्म आफूले किन्न चाहेको कित्ता संख्या खुलाई काठमाडौंको कमलादीस्थित बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्