काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले नयाँ सञ्चालक नियुक्त गरेको छ । कम्पनीको असार ५ गते बसेको बैठकको निर्णय अनुसार कम्पनीको संस्थापक सेयरधनी धन कुमारी अधिकारीलाई सञ्चालक पदमा नियुत्त गरेको हो ।
कम्पनीको पूर्व-सञ्चालक भरत बहादुर पाण्डेले दिएको राजीनामा जेठ ९ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको थियो । उक्त पदमा अधिकारीलाई पदबहालको बाँकी समय अर्थात २०८२ बैशाख ३० गतेसम्मका लागि प्रचलित नियम र कानुन बमोजिम नयाँ सञ्चालक नियुक्त गरेको कम्पनीले जनाएको छ ।
सञ्चालक अधिकारीलाई आगामी आव २०८०/८१ को साधारण सभाबाट अनुमोदन गराइने समेत कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्