काठमाडौं । मिरा बायोटेक प्रालि र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गबीच वित्तीय परामर्श सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
आज एक कार्यक्रमका बीच मिरा बायोटेकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत(सीईओ) सुशील पौडेल र नेपाल एसबिआईका तर्फबाट प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
कार्यक्रममा दुवै संस्थाका उच्च पदस्त कर्मचारीहरुको उपस्थिती रहेको थियो । मिरा बायोटेकले डब्लुएचओ मापदण्ड बमोजिम औषधी उच्पादन गर्दै आइरहेको छ । साथै, कम्पनीले स्थानीय र विदेशी बजारहरुका लागि औषधीजन्य ठोस खुराक उत्पादन तथा वितरण गर्दै आईरहेको मिरा बायोटेकले जनाएकाे छ ।
वित्तीय परामर्श अन्र्तरगत नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले वित्तीय नुन–संरचना, वित्तीय व्यवस्थापन, व्यवसायिक योजना र संस्थाको संरचना हेरपफेर सेवाहरु उपलब्ध गराउने सम्झौतामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्