Shikhar Insurance
National Life

प्रथम सहकारी रोजगार मेला असार ७ गतेदेखि सुरु, करिब ५ हजारले अवलोकन गर्ने अनुमान

सिंहदरबार संवाददाता
२०८१ असार ५, बुधबार १६:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले असार ७ गतेदेखि ९ गतेसम्म प्रथम सहकारी रोजगार मेला–२०८१ आयोजना गर्ने भएको छ । बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै महासंघले ललितपुरको पुल्चोकमा असार ७ देखि ९ गतेसम्म प्रथम सहकारी रोजगार मेला–२०८१ आयोजना गर्न लागेको जानकारी गराएको हो ।

‘मर्यादित सहकारी व्यवसायका लागि युवा संलग्नता’ भन्ने मूख्य थिमका साथ नेपालको सहकारी इतिहासमा पहिलो पटक हुन लागेको यो रोजगार मेलाले सहकारीमा मर्यादित रोजगारीका अवसरहरु प्रवर्द्धन गर्ने जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

३१ हजार भन्दा बढी सहकारी संघ र संस्थामार्फत १ लाख बढीलाई प्रत्यक्ष रोजगारी र लगभग १० लाखलाई स्वरोजगार सिर्जना गर्न सफत्त रहेको यस क्षेत्रको भिजन २०३० ले परिकल्पना गरेको रोजगारी सिर्जनाको लक्ष्य हासिल गर्न मेलाले महत्वपूर्ण योगदान गर्ने विश्वास लिएको महासंघले जनाएको हो ।

मेलाको आयोजनाले प्रतिभा पलायन (वेन ट्रेन) रोक्न, स्वदेशमै रोजगारी सिर्जना गर्न प्रोत्साहन गर्ने वातावरणको विकास गर्न तथा उत्पादन एवं सेवाका सहकारीहरू र अन्य निजी क्षेत्रका लागि आवश्यक जनशक्ति खोज्न सहजता प्रदान गर्ने लगायतका उद्देश्यवाट प्रेरित छ ।

साथै, स्टार्टअपहरू र साना व्यवसायमार्फत स्वरोजगार गर्न चाहनेहरूको लागि नेटवर्किडको कार्य मेलाले गर्ने छ । सहकारी क्षेत्रका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ विभिन्न संघ संस्थाले सञ्चालन गर्ने व्यवसायिक तालिमहरू, शैक्षिक कोषहरु सीप विकास कार्यक्रमहरूको विषयमा जानकारी गराउँदै मानव संशाधन विकासमा समेत मेलाले योगदान गर्ने छ ।

जसले देशभित्रै स्वरोजगारीका अवसरहरू सिर्जना गर्दै आएको सहकारी क्षेत्रका विषयमा युवालाई जानकारी गराई वैदेशिक रोजगारीको प्रवाह कम गरी उद्यमशीलता विकास गर्न समेत टेवा पुग्ने जनाए । मेलाले समयमा नै जागिर सुरक्षित गर्ने र आफ्‌नो व्यक्तिगत विवरण अनलाइनमार्फत भरी रोजगारीको अवसरको लाभ लिन सकिने भएकाले मेलाप्रति युवाको थप आकर्षण हुने अनुमान महासंघको छ ।

निशुल्क प्रवेश गर्न सकिने मेलामा विश्वविद्यालयदेखि विभिन्न कलेजका विद्यार्थीहरू, रोजगारीको घोजीमा रहेका युवाहरू, प्राविधिक जनशक्तिहरू, सहकारीकर्मीहरू गरी करिब ५ हजारले अवलोकन गर्ने अनुमान गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्