Shikhar Insurance
National Life

कुमारी बैंक र उप्सबीच सम्झौता, गेम कार्ड रिचार्ज गर्दा बोनस प्राप्त गर्न सकिने

सिंहदरबार संवाददाता
२०८१ असार ५, बुधबार १६:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी बैंक लिमिटेड र Pashupati Recreation Pvt. Ltd.(OOPS)बीच सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई मनोरञ्जनात्मक पार्क उप्स नेपालको गेम कार्ड रिचार्ज गर्दा बोनस प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो ।

यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले ओओपीएसमा उपलब्ध आर्केड, रिडेम्सन, भर्चुअल रियालिटी, सुटिङ्ग, रेसिङ्ग, जिपलाईन, क्लाइम्बिङ्ग लगायत इन्डोर र आउटडोर खेलहरु खेल्न कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्वीआरद्वारा रिर्चाज गर्दा १० प्रतिशत बोनस रिचार्ज प्राप्त गर्न सकिनेछ । यस सुविधाबाट ग्राहक महानुभावहरुले सहज र गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अझ धेरै मनोरञ्जन प्राप्त गर्न सफल भई ग्राहक सन्तुष्टि बढाउन मद्दत गर्नेमा बैंक विश्वस्त रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ विस्तारित काउन्टर तथा ५९ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्