काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.२७ अंकले बढेर २०७८.७६ मा पुगेको हो ।
बुधबार नेपाल फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २० करोड २३ लाख ३८ हजार १ सय ४० रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य ७ सय २४ रुपैयाँ रहेको छ ।
साथै, गोर्खाज फाइनान्स, ग्लोबल आइएमई लघुवित्त, सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट, हिमालयन लघुवित्तको आज सर्वाधिक कारोबार भएकाे छ ।
प्रतिक्रिया दिनुहोस्