काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.२७ अंकले बढेर २०७८.७६ मा पुगेको हो ।
बुधबार ३०८ कम्पनीको ७२ लाख ९ हजार ७ सय ५७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४० करोड ४३ लाख ७२ हजार ६ सय ३२ रुपैयाँको कारोबार भएको छ ।
बुधबार नेपाल फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २० करोड २३ लाख ३८ हजार १ सय ४० रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य ७ सय २४ रुपैयाँ रहेको छ ।
बुधबार १३५ कम्पनीको सेयर मूल्य बढ्दा १०४ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै, आज १ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य ९.८८ प्रतिशत घटेको छ ।
प्रतिक्रिया दिनुहोस्