काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक सेयर सर्वसाधारणमा बिक्री खुल्ला गरेको छ । बैंकले विद्यमान संस्थापक सेयरधनहरुबाट सेयर खरिदको लागि कुनै पनि आवेदन नपरेपछि सर्वसाधारणमा सेयर बिक्री खुल्ला गरेको हो ।
बैंकले बैशाख २६ गते सेयरधनी यम बहादुर खत्रीको नाममा रहेको २७ हजार २ सय ४३. ३३ कित्ता सेयर बिक्रीमा लागि ३५ दिने सूचना प्रकाशन गरेको थियो । सेयरको प्रतिकित्ता मूल्य १०५ रुपैयाँ तोकिएको छ ।
सेयर खरिद गर्न इच्छुक अन्य व्यक्ति तथा संस्थाले यो सूचना प्रकाशन भएको ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन दिनुपर्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्