काठमाडौं । नयाँबानेश्वरस्थित संसद भवन परिसरमा नेपाल प्रहरीका एक जवानले गोली प्रहार गरेर आत्महत्या गरेका छन् ।
संसद भवनमा ड्युटीमा खटिएका प्रहरी जवान अजित गोलेको शव आज बिहान ८ बजे शौचालयमा फेला परेको काठमाडौं प्रहरी प्रमुख वसन्त रजौरेले बताएका हुन् ।
प्रहरी जवान गोलेले आफ्नो सेवा राइफलबाट निधारमा गोली प्रहार गरेका रजौरेले जानकारी दिए । घटनासम्बन्धी विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्