Shikhar Insurance
National Life

धितोपत्र बोर्ड अध्यक्ष छनौट: ऐन विपरित मन्त्रिपरिषदमा सिफारिश गर्दै छनौट समिति

सिंहदरबार संवाददाता
२०८१ असार ५, बुधबार ०८:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । धितोपत्र बोर्ड अध्यक्ष छनौट विषय जटिल मोडमा पुगेको छ । ठूला दल र ठूला कर्पोरेट घराना एक आपसमा एकै पटक भिड्दा अध्यक्ष नियुक्ति थप जटिल मोडमा पुगेको हो ।

धितोपत्र बोर्ड अध्यक्ष छनौट समितिले आइतबार (असार २ गते)  उत्कृष्ट पाँच जनालाई अन्तरवार्ताका लागि बोलाएको थियो । छनौट समिति आफ्नो तरिका भन्दा एक समुहको निर्देशनमा चल्न थालेपछि तीन जना प्रतिष्पर्धीले एकै पटक अन्तरवार्ता अस्वीकार गरिदिए । अर्थात छनौट कमिटीलाई कुन प्रतिस्पर्धीलाई कति नम्बर प्रदान गर्ने विषयमा बाहिरबाटै लिखित नोट गएको सूचना चुहिएपछि तीन जना उम्मेदवारले अन्तरवार्ता बहिस्कार गरेको एक प्रतिष्पर्धीले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

५ मध्ये तीन जनाले अन्तरवार्ता बहिस्कार गरेपछि छनौट समितिले दोस्रो पटक सूचना प्रकाशित गरेको छ । दोस्रो सूचना बमोजिम बुधाबार बिहान ९ बजे तीन जना उम्मेदवारलाई बोलाएको छ । तर तीनै जना उम्मेदवारले अन्तरवार्ता अस्वीकार गर्ने बुझिएको छ । स्रोतले भन्यो, ‘छनौट समितिलाई फलानोलाई सबैभन्दा धेरै नम्बर दिनु, पहिलो, दोस्रो र तेस्रो नम्बरमा यी व्यक्ति पठाउनु भन्ने टीओआर बोकेर छनौट समितिले काम अघि बढाएपछि तीनै उम्मेदवार रुष्ट बनेका छन् ।’

बुधबार अन्तरवार्ता र व्यवसमयिक कार्ययोजना पेश गर्न तीनै जना उपस्थित नभए, २ जनाको मात्रै नाम पठाउने तयारी छनौट समितिले गरेको छ । अर्थ मन्त्रालय स्रोतले भन्यो, ‘अन्तरवार्तामा तीनै जना अनुपस्थित भए, २ जना वा तीन जनाको नाम सिफरिस हुनेछ, अन्तरवार्ता दिएका २ जना र नदिनेमध्ये धेरै नम्बर ल्याउने १ जना थपेर मन्त्रिपरिषद पठाउने तयारी छ ।’ यसरी बुधबार २ वा तीन जनाको नाम मन्त्रिपरिषदमा पेश गर्ने र बिहिबार बस्ने मन्त्रिपरिषद बैठकले सन्तोष नारायण श्रेष्ठलाई नियुक्त गर्ने योजना रहेको स्रोतको दाबी छ ।

के भन्छ कानुनले

धितोपत्र बोर्ड सम्बन्धि ऐन २०६३ को दफा ७ मा अध्यक्षको नियुक्ति सम्बन्धि व्यवस्था गरेको छ । दफा ७ मा ८ वटा उपदफा रहेका छन् । जसमध्ये उपदफा ४ मा ‘उपदाफा (३) बमोजिमको समितिले नाम सिफारिस गर्दा यस ऐन बमोजिम योग्याता पुगेका कम्तिमा ३ जना  व्यक्तिको नाम सिफारिस गर्नेछ ।’ भनि उल्लेख छ । जसको अर्थ हुन्छ न्युनतम तीन भन्दा कम व्यक्तिको नाम सिफारिस गर्न पाइदैन ।

धितोपत्र बोर्ड सम्बन्धि ऐन २०६३ लाई कार्यान्वयन गर्न नेपाल धितोपत्र बोर्ड सम्बन्धि नियामावली २०६४ बनेको छ । सो नियमावलीमा नियुक्ति सम्बन्धि कुनै विषय उल्लेख छैन ।

किभने ऐनको दफा ५ मा ‘उपदफा (३) र (४) बमोजिम समितिले अध्यक्षको नाम सिफारिस गर्दा आफ्नो कार्यविधि आफैं निर्धारण गर्न सक्नेछ ।’ भनि उल्लेख छ । यो दफा अनुसार छनौट समितिले ‘नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्तिको लागि सिफारिससम्बन्धी कार्यविधि, २०८०’ जारी गरेको छ । कार्यविधिको दफा ७ को उपदफा ४ मा ‘उपदफा (७.२) बमोजिम व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण एवं अन्तर्वार्ताका लागि छनौट भई व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण एवं अन्तर्वार्ताका लागि उपस्थित उम्मेदवारहरूको शैक्षिक योग्यता वापतको प्राप्ताङ्क पेश भएको व्यावसायिक कार्ययोजना बापतको उपदफा (७.१) बमोजिमको प्राप्ताङ, व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणको औसत प्राप्ताङ्क तथा अन्तर्वार्ताको औसत प्राप्ताङ्कको योगफल निर्धारण गरी उच्चतम अङ्क प्राप्त गर्ने तीन जना उम्मेदवारहरूको नाम वर्णानुक्रमानुसार सिफारिस गरिनेछ ।’ भनि उल्लेख छ । यसरी कार्यविधिले पनि तीन जना भन्दा कम व्यक्तिको नाम पेश गर्न दिदैंन । यदी अन्तरवार्ता नै नलिइ नाम राखिएको खण्डमा सो उम्मेदवारको नम्बर धेरै नै कम हुनेछ ।

किनभने व्यवसायिक कार्ययोजना प्रस्तुतिकरणको अंक १८ र अन्तरवार्ताको अंक ३० गरी ४८ अंक स्वत कम हुनेछ । यसरी छनौट समितिले कुल अंक १०० मा ४८ अंक कम गरी सिफारिस गर्न कानुनी हिसाबले मिल्ने देखिदैन । यदी समितिले तीन जना वा २ जनाको नाम सिफारिस गरे सिधै गैरकानुनी ठहरीनेछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्