काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० १८.७६ अंकले घटेर परिसुचक २०७६.४९ मा पुगेर बजार बन्द भएको हो ।
मंगलबार ३१८ कम्पनीको ९५ लाख ४४ हजार ७ सय ७३ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५ करोड ५७ लाख ३७ हजार ८ सय ८४ रुपैयाँको कारोबार भएको छ ।
मंगलबार बरुन हाइड्रोपवरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ११ करोड २७ लाख ९८ हजार ७ सय ८२ रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य ३ सय ८ रुपैयाँ रहेको छ ।
मंगलबार ४० कम्पनीको सेयर मूल्य बढ्दा १९८ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । साथै, आज १ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने २ कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्