काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक १८.७६ अंकले घटेर २०७६.४९ मा पुगेर बजार बन्द भएको हो ।
मंगलबार ३१८ कम्पनीको ९५ लाख ४४ हजार ७ सय ३४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५ करोड ५७ लाख ३७ हजार ८ सय ८४ रुपैयाँ कारोबार भएको छ ।
आज एक कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । आज समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमा सर्किट लागेको छ ।
साथै, मान्दु हाइड्रोपावरको ७.८३ प्रतिशत, वीन नेपाल लघुवित्तको ६.२० प्रतिशत, दिव्याश्वोरी हाइड्रोपावरको ४.८६ प्रतिशत, एनआइसी एशिया ब्यालेन्स फण्डको ३.९३ प्रतिशत सहित ६४ कम्पनीको सेयर मूल्य बढेको छ ।
प्रतिक्रिया दिनुहोस्