Skip to content
Shikhar Insurance
National Life

युनाइटेड ट्रेडर्सको ‘एक्सपिरियन्स टोयोटा’ असार ५ गतेदेखि, १२ वर्ष सम्मको बैंकिङ सुविधासहित विभिन्न उपहार

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले ‘एक्सपिरियन्स टोयोटा-२०८१’ आयोजना गरेको छ । कम्पनीले असार ५ देखि असार ७ गते सम्मका लागि आनन्दनगर, धुम्बाराही स्थित आफुनो टोयोटा शोरुममा ‘एक्सपिरियन्स टोयोटा’ आयोजना गरेको हो ।

२०८१ लाई विशेष लक्षित गरि आयोजना गरिएको यस इभेन्टमा ग्राहकले हरेक गाडीको खरिदमा एक्सचेन्ज बोनस, अतिरिक्त एसोसरिज, फ्री इन्स्योरेन्स, १२ वर्ष सम्म बैंकिङ सुविधा, रोड कर, विभिन्न उपहारहरु समेत पाउने कम्पनीले जनाएको छ ।‘यस टोयोटाको हरेक टेस्ट ड्राइभमा आकर्षक उपहार पाउनुको साथै ग्राहकलाई यस प्रालिको विभिन्न सुबिधाको बारेमा जानकारी गराईनेछ । ग्राहकलाई यूटिएससंग विभिन्न मोडलका गाडीहरु उपलब्द रहेको हुँदा आफ्ना ग्राहकलाई निर्धक्कका साथ टेस्ट ड्राइभ गर्न आउनको लागि अनुरोध समेत गरेका छौँ’ कम्पनीले भने ।

साथै, यस उत्सवमा ग्राहकलाई सहजीकरण गर्नका निम्ति गरिमा विकास बैंक र अन्य विभिन्न बैंकसंग बैंकिंग फाईनान्सको पनि ब्यबस्था गरिएको छ । टोयोटाको ग्लोबल भिजन “मोबिलिटी फोर अल” लाई सहयोग गर्दै युटिएसले ग्राहकका लागि उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारी साधनको अधिकतम मूल्यांकन गर्ने सुवर्ण अवसर उक्त उत्सव मार्फत ल्याएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्