काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य ६ सय रुपैयाँले घटेको हो ।
आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँ रहेको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ४२ हजार ८०० रुपैयाँ कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ५ सय रुपैयाँ रहेको छ । अघिल्लो दिन सुन १ लाख ४२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर १ हजार ८०० रुपैयाँमा झरेको छ । अघिल्लो दिन चाँदी १ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्