Skip to content
Shikhar Insurance
National Life

बजेटले मन्दीतर्फउन्मुख अर्थतन्त्रलाई सुधार्न सक्दैन : सांसद जबरा

Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले आगामी आर्थिक वर्षको बजेटले मन्दीतर्फउन्मुख अर्थतन्त्रलाई सुधार्न नसक्ने बताएका छन् ।

आइतबारको प्रतिनिधि सभा बैठकमा २०८१ को विभिन्न शिर्षकहरुमाथि जारी छलफल अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, अर्थ मन्त्रालयमाथि छलफलमा भाग लिँदै उहाँले यस्तो बताएका हुन् । उनले जिडिपीको वृद्धिदर सुस्त रहेको, मुद्रास्फिती उच्च रहेको र बेरोजगारी बढ्दो क्रममा रहेको अवस्थालाई मध्यनजर नगरी बजेट ल्याइएको बताए ।

उनले सरकार र अन्तर्राष्ट्रिय साझेदारहरुले यसको प्रभावलाई कम गर्न उपायहरु सुझाइरहेको भएपनि त्यसअनुसार बजेट नआएको जानकारी गरे । उनले जनताको क्रय शक्ति धेरै घटेको बताए । आर्थिक मन्दीबाट देश कसरी बाहिर निकाल्ने भन्ने योजना बजेटमा नरहेको बताए । उनले बजेट कल्पना र लहडमा ल्याइएको आरोप लगाए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्